दफा ६९२
यस परिच्छेदको भागको व्यवस्था लागू हुनेः

(१) विदेशी, विदेशी वस्तु वा विदेशमा भएको काम समावेश भएको निजी कानूनी सम्बन्ध सम्बन्धी कुनै पनि विषयमा यस भागको व्यवस्था लागू हुनेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी खास गरी देहायका विषयमा यो उपदफाको व्यवस्था लागूहुनेछ:-
(क) विदेशीको कानूनी हैसियत तथा निजको सक्षमता,
(ख) सम्बद्ध पक्षहरूमध्ये कम्तीमा एक पक्ष विदेशी रहेको वैवाहिक सम्बन्ध, पैतृक तथा मातृक र अन्यपारिवारिकसम्बन्ध वा अंश, अपुताली सम्बन्धी विषय वा सोसँग सम्बन्धित काम, कारबाही भएको ठाउँ नेपाल बाहिररहेकोविषय,
(ग) कम्तीमा एक सरोकारवाला पक्ष विदेशी रहेको र निजको विदेशमा रहेको सम्पत्ति सम्बन्धी विषय,
(घ) कम्तीमा एक पक्ष विदेशी रहेको करार, गैरकरार सम्बन्धी अधिकार वा दायित्व सम्बन्धी विषय,
(ङ) विदेशमा सम्पन्न भएको करार सम्बन्धी विषय ।
स्पष्टीकरणःयस परिच्छेदको भागको प्रयोजनका लागि “विदेशी” भन्नाले विदेशी प्राकृतिक व्यक्ति वा सङ्गठित संस्था सम्झनु पर्छ रसो शब्दलेविदेशी मुलुक समेतलाई जनाउँछ ।